हिम रिभर पावरको विशेष साधारण सभा जेठ १२ गते, आइपीओ निष्कासन मुख्य एजेण्डा
काठमाडौं । हिम रिभर पावर लिमिटेडले विशेष साधारण सभा आव्हान गरेको छ । सभा कम्पनीको रिजष्टर्ड कार्यालय काठमाडौंमा जेठ १२ गते दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धिसहित पूँजी संरचनासम्बन्धी व्यवस्था हेरफेर एवं संशोधन प्रस्ताव मुख्य एजेण्डा रहेकोछ । कम्पनीको सेयर सर्वसाधारणलाई विक्री गर्ने व्यवस्था मिलाउन आईपीओ जारी गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।












