आइजीआई प्रुडेन्सियलले एमओयू गरेको छोटो समयै एकीकृत कारोबार थाले : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले छोटो अवधिमा मर्जर सफल भएको बताए ।
यी दुई कम्पनी एक आपसमा गाभिएर बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
उनले भने,– ‘आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर सफल भएको छ । गत फागुन २७ मा एमओयु गरेर थिए । तर, छोटो अवधीमै व्यवसायिक कारोबार थालनी गरे ।’













