३० श्रावण २०८३, शनिबार

पाँच करोड रुपैयाँसम्मका सबै कर्जालाई पुनर्संरचना गर्न दिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच करोड रुपैयाँसम्मका सबै कर्जालाई पुनर्संरचना गर्न दिने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो बताएको हो ।

राष्ट्र बैंकले अहिलेसम्म दुई करोड रुपैयाँ सम्मका साना कर्जालाई मात्रै पुनर्संरचना गर्न खुला गरेको थियो । केन्द्रीय बैंकले प्रभावित क्षेत्रलाई पहिचान गरेर पुनरकर्जा दिने भएको छ ।