८ श्रावण २०८३, शुक्रबार

राधी विद्युत कम्पनीको नाफा ८३.४२ प्रतिशतले बढ्यो, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । राधी विद्युत कम्पनीले खुद नाफामा उल्लेख सुधार गरेको छ । कम्पनीले ९ महिनामा ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

आइतबार कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीको नाफा गत आवको तुलनामा ८३.४२ प्रतिशतले वृद्धि भएको छ। गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

तर, कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको केही घटेको छ । गत आवको तेस्रो त्रैमासमा १० करोड ९३ लाख रुपैयाँ बढीको विद्युत बिक्री आम्दानी गरेको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने शून्य दशमलव ९८ प्रतिशतले आम्दानी घटेको छ । यद्यपि, कम्पनीको अन्य आम्दानी वृद्धि भएको छ । जसले खुद नाफा बढ्न टेवा पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ४८.४८ प्रतिशतले बढाएर ५९ लाख पुर्याएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ५९ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १० पैसा रहेको छ । नेपाल विद्युत प्राधिकरणको ३३ के.भी प्रसारण लाइनमा बारम्बार आईराख्ने समस्याका कारण विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ ।

कम्पनीको लगानी रहेको आयोजनाहरु क्रमश: युनिभर्सल पावर कम्पनी लिमिटेडबाट प्रर्वधित तल्लो खारे खोला जलविद्युत आयोजना ११ मेगावाट), दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडबाट प्रर्वधित दोर्दी १ जलविद्युत आयोजना (१२ मेगावाट) र राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडबाट प्रर्वधित रुकुम गाड जलविद्युत आयोजना ( ५ मेगावाटको निमार्ण सम्पन्न भई सकेको छ । ती आयोजनाहरुबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आइरुहेको छ ।

कम्पनीले कसुवा खोला हाईड पावर लिमिटेडमा सेयर लगानीको लागि हकप्रद जारी गरी प्राप्त रकम सो कम्पनीबाट हाल सम्म माग भईनसकेकोले उक्त रकम मुद्धती निक्षेपमा अल्पकालको लागी लगानी गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्