पूँजी बजार विकास र विस्तारका लागि संरचनाको सुधार
काठमाडौं । सरकारले पूँजी बजार विकास र विस्तारका लागि संरचनाको सुधार गर्ने बताएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पूँजी बजारमा गैरआवासिय नेपाली लगानी खुला गर्ने बताइएको छ । राष्ट्रपति पौडेलले, वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारी ऋणपत्रका साथै निजि क्षेत्रका योगजनाको प्राथमिक सेयरमा लगानी गर्ने प्रेररित गरीनेछ । गैरआवासिय नेपालीको ज्ञान सिप पूँजी मुलुकको संजालसँग जोड्न विषय कार्यक्रम संचालन गरिनेछ ।












