३० श्रावण २०८३, शनिबार

नीति तथा कार्यक्रममाथि २० जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता



काठमाडौं । सरकारले शुक्रबार संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममाथि २० जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो, भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव राखेका छन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोविता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले नीति तथा कार्यक्रमका विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।