हिमालयन उर्जा कम्पनीको साधारण सभा आज बस्दैँ
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभामा आज बस्दैँछ । सभा आज (जेठ ९ गते) मंगलबार अर्पण बैंक्विट थापागाऊँ बानेश्वरमा ११ बजेबाट सुरु हनेछ ।
सभामा कम्पनीको आव २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने । लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७८/ ०७९ को वसालत नाफा नोक्सान, नगद प्रवह प्रतिवेदन छलफल गर्ने छ । क्म्पनीले हाल कायम चुक्त पूँजीको १:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा छलफल गर्ने ।
आव २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको परिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । कम्पनीले सभा प्रयोजनको लागि गत पुस १८ गते बुक क्लोज गरेको छ ।













