२० वर्ष पुरानो सवारीसाधन हटाउन बागमती प्रदेशको निर्देशन
काठमाडौं । बागमती प्रदेश सरकारले २० वर्ष पुरा भएका सार्वजनिक सवारीसाधानलाई हटाउन निर्देशन दिएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सूचना प्रकाशित गर्दै त्यस्ता सवारी सवारीसाधन ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
प्रदेश सवारी तथा यातायात व्यावस्था एन, २०७५ अनुसार दर्ता भएको मितिले सार्वजनिक प्रयोजनमा प्रयोग भएको विद्युतीय सवारीसाधन ३० वर्ष र अन्य २० वर्षपछि चलाउन नपाउने निर्देशन दिएको छ ।














