सरकारले बजेट आम नागरिकका आधारभूत पक्षलाई ध्यान गरेको दाबी
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८०÷८१ को बजेट आम नागरिकका आधारभूत पक्षलाई ध्यान दिएर बनाएको दाबी गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
गरिबी न्यूनीकरण, सूचना प्रविधिको प्रयोगलाई बढावा, युवालाई देशमै रोजगारी, स्रोत साधनको उचित प्रयोगमा ध्यान दिइएको बताएको छ ।













