२९ श्रावण २०८३, शुक्रबार

प्रतिपक्ष दलद्धारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभा एक घण्टाका लागि स्थगित



काठमाडौं । प्रतिपक्ष दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दैं बैठक अबरुद्ध गरेको हो ।

साथै, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको विरोधमा आइताबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।

बिरोद्ध पछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।