सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको । आज (आइतबार) छापावला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँमा कारेबार भएको छ । अघिल्लो दिन छापावला सुन सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य पैतितोला १ हजार ४ सय ५५ रुपैयँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।













