८ श्रावण २०८३, शुक्रबार

पिपुल्स हाइड्रोपावरको साधारण सभा कहिले ?



काठमाडौं । पिपुल्स हाइड्रोपावरको १५औं वार्षिक साधारण सभा असार ४ गते बोलाएको छ । सभा क्वालिटी बेङ्क्वेट, बुद्धनगर काठमाडौंका बिहान १० ०० बजे बस्ने आव्हान गरेको हो ।

सभामा संञ्चालक समितिको तर्फबाट आ।व २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल पारित गर्नुका साथै सभामा आ।व २०७८।०७९ को लेखापरिक्षकको प्रतिवेदन सहित असार मसान्तको वसालत, नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सेयर पूजीमा भएको परिर्वतन लगायत अन्य अनुसूचीहरुको छलफल गरी पारित गर्नेछ ।

कम्पनीले आ।व २०७९।०८० को लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक नियुक्त निर्धारण प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ। सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना संञ्चालक निर्वाचन गर्ने । कम्पनीको अधिकृत पूँजी बृद्धिको लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने मख्य एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभामा प्रयोजनको लागि जेठ २५ गते बुकक्लोज गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्