रहेनन् सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंह
काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
दुर्घटनामा मन्त्री सहित उनको श्रीमती र भाउभूको समेत ज्यान गुमाउने भएको हो। दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताइन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।
गाडी एक्कासी सडकबाट करिब ५० मिटर तल कालङगा नदीको किनारमा खसेर दुर्घटना भएको थियो । १स्४५ मिनेटमा बझाङको केदारस्यु गाउँपालिका–१ झारछडा स्थित जयपृथ्बी राजमार्गमा मन्त्री सवारी गाडी दुर्घटनामा परेको थियो।













