२७ श्रावण २०८३, बुधबार

बालेन बिरुद्ध सिनेमा हल व्यवसायी, उच्च अदालत पाटनमा मुद्दा दायर



काठमाडौं । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।

हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने काठमाडां महानगरपालिकाका मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै सिनेमा हल व्यवसायीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट काठमाडौं महानगरभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए । सोही दिनबाट कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् ।