८ श्रावण २०८३, शुक्रबार

कतिले दिए घोराही सिमेन्टको आइपीओमा आवेदन ?



काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमा १० अर्ब ८४ करोड ८३ लाख २१ हजार ४५० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार २२ गते) साँझ ५ः४ बजेसम्ममा ५ लाख ७६ हजार ८१ जना आवेदकबाट ४ करोड ४९ लाख ३८ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रिमियम आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँट पनि गरिसेको छ । त्यसमध्ये बाँकी भएको सबै सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सो आइपीओमा छिटोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधिमा आवेदन नपरेको खण्डमा भने असार ३१ गतेसम्म लम्बिनेछ ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया धितोपत्र बोर्डले स्थगन गरेको थियो । आइपीओमा आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने गरि आइपीओ पुनः बिक्री खुलामा ल्याएको हो ।

यो पनि पढ्नुहोस्


प्रतिक्रिया दिनुहोस्