सात ब्रोकर कम्पनीले आजदेखि सेयर कारोबार सुरु
काठमाडौं । आजदेखि नयाँ ब्रोकर कम्पनीहरुले सेयर कारोबार सुरु गरेका छन् । अनुमति पाएका ७ वटा ब्रोकर कम्पनीले कारोबार सुरु गरेका हुन् ।
मक ट्रेडिङ गर्दा कुनै समस्या नदेखिएपछि सात ब्रोकरहरुले कारोबार सुरु गरेका हुन् । भोले गणेश सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटीज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटीज, मियो सेक्युरिटीज, सेयरप्रो सेक्युरिटीज र प्रोपर्टी विर्जाडले पनि सेयर कारोबार गरेका छन् ।
लगानीकर्ताले लामो समयदेखि उठाउदैं आएको माग सम्बोधनले लगानीकर्तामा उत्साहा छाएको छ ।













