८ श्रावण २०८३, शुक्रबार

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, ४ हजार ६५७ लगानीकर्ताले पाए ८० कित्तासम्म सेयर



काठमाडौं । घोराही सिमेन्टको आइपीओ आइतबार (आज) बाँडफाँट भएको छ। बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टले आज दिउँसो नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा सेयर बाँडफाँट भएको हो ।

यसमा आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरुलाई सेयर दिइएको हो । यसमध्ये १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँट गरिएको छ । यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर पाएका छन् ।यसरी बाँडफाँट गरी बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत बाँडफाँड गरिएको छ ।

जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ । उनिहरुको भागमा ८० कित्तासम्म सेयर परेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्