तपाइलाई पर्यो त कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।
आइपीओमा ११ लाख ८ हजार २३२ जना आवेदकले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा १० हजार ११५ जनाले १०।१० कित्ताका दरले सेयर पाएका हुन् । सोहि मध्य एक जनाले थप एक कित्ता गरी ११ कित्ता पाएका हुन् ।
कम्पनीले असार २६ गतेदेखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।
कम्पनीको आइपीओ यी तिन तरिकाबाट हेर्नसकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धकको वेबसाइटः https://www.nmbcl.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login
यो पनि













