रिलायबल नेपालको आइपीओमा आवेदन दिने अन्तिम दिन भोलि, कति पर्यो आवेदन ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ४७ करोड ६१ लाख २१० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन ९ गते साँझ ५ः०३ बजेसम्म २५ हजार ५९४ जनाले १८ लाख ५२ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा भोलि अर्थात साउन १० गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको छ । प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् । आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।













