शान्तिपूर्ण प्रदर्शन गरी घर फर्किँदै युवा सङ्घका कार्यकर्ता, प्रसाईंको प्रर्दशन उग्र
काठमाडौँ । नेकपा (एमाले) निकट युवा सङ्घको कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । बिहीबार तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण सम्पन्न भएको हो ।
कोणसभालाई एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष छितीज थेबेले सम्बोधन गरेका थिए । त्यस्तै कालाकारहरू रामप्रसाद अवस्थी र सागर राईले साङ्गीतिक प्रस्तुति दिएका थिए।
आजै उता बल्खुमा पनि राजा फर्काउने उद्घोषसहित मैदानमा उत्रिएका मेडिकल व्यपसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको भने प्रदर्शन जारी छ । पटक–पटक गरेर ४ पटकसम्म झडप भएको उक्त प्रदर्शन हाल बल्खुबाट सरेर सानेपा पुगेको छ ।













