१९ श्रावण २०८३, मंगलबार

नेशनल बैंकिङ ईन्ष्टिच्युटले ३१० प्रतिशत लाभांश दिने, पुष ५ गते बोलायो साधारण सभा



काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट लिमिटेडले ३१० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्तापूँजी १९ करोड ७५ लाख कायम गर्ने गरी २९५ प्रतिशत बोनस सेयर र हाल कायम चुक्तापूँजीको आधारमा कर प्रयोजनका लागि १५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष ५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटेल याक एण्ड यति, काठमाडौंमा अपरान्ह ४ बजे कम्पनीले सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने छ । साथै सभाले स्वतन्त्र सञ्चालक र सञ्चालकलाई अनुमोदन पनि सभाले गर्नेछ ।