१९ श्रावण २०८३, मंगलबार

पक्राउ पुर्जी जारी भएको विरोधमा विप्लवले गरे आन्दोलन घोषणा



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

काठमाडौँ जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

१९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले घोषणा गरेको छ ।