१९ श्रावण २०८३, मंगलबार

१ बोतल पानी ४० रुपैयाँमा बेचेपछि काठमाडौँ महानगरपालिकाले तिरायो १० हजार जरिवाना



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि जरिवाना गराइएको हो। तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ ।