सुर्तीजन्य पदार्थ बिक्री–वितरण रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्धय जनक पाण्डे र बज्रेस प्याकुरेलको संयुक्त इजलासले यस्तो ओदश जारी गरेको हो ।
महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।
बुधबारदेखि काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाएको थियो । महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योग उच्च अदालत पाटन पुगेको थियो ।













