ह्याम्स अस्पतालको कार्डियोलोजी बिभाग उत्कृष्ट मुटुरोग विशेषज्ञहरू द्वारा संचालित
काठमाडौँ । अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटुरोग सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न कार्डियोलोजी बिभागमा उत्कृष्ट विशेषज्ञ चिकित्सकहरूलाई अनुबन्धित गराएको छ ।
मुटु रोगको उपचारमा दुई दशक देखि सेवारत डा. रोशन राउतले ह्याम्सको कार्डियोलोजी विभागको नेतृत्व गरेका छन् । मुटुको शल्यक्रियामा डा. भगवान कोइराला, डा. ज्योतिन्द्र शर्मा र डा. रवि बरालको टिम छ ।
कार्डियोलोजीमा डा. रोशन राउत, डा. दिवाकर शर्मा, डा. मानबहादुर केसी, डा. यादव भट्ट, डा. मुकुन्द शर्मा, डा. लक्ष्मण ज्ञवाली, डा. अमृत बोगटी, डा. रिजु मानन्धर, डा. पारस कोइराला रहेका छन् ।
एक हजार नवजात शिशुमध्ये ८ जनामा जन्मजात मुटुरोगको समस्या हुने अनुसन्धानले देखाएको छ । विकसित देशमा गर्भमै शिशुको मुटुको अवस्था जाँच गर्ने प्रविधि प्रचलित भएपनि नेपालमा भने हाल यो सेवा अहिले ह्याम्स अस्पतालमा सर्वसुलभ रूपमा उपलब्ध भएको कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा बताउँछन् । उक्त सेवा (फिटल इकोकार्डिओग्राफी) मुलुकमै पहिलो पटक शुरुवात गर्ने वरिष्ठ मुटु विशेषज्ञ डा। दिवाकर शर्माले प्रदान गरिरहेका छन् ।
बिरामीको शल्यक्रिया सुरू हुनुभन्दा अगाडि एनेस्थेसिया दिनुपर्ने हुन्छ, जुन मुटुरोग बिरामीका लागि संवेदनशील पनि हुन्छ । यो सेवा ह्याम्समा दशकौं देखि यसै विधामा अनुभव भएका डा। मुरारीराज उप्रेती नेतृत्वको टोलीले दिँदै आएका छन् ।













