१८ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्न भएका छन् । दिउँसो तीन बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनी गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

सरकारले बितेको एक वर्षमा गरेका काम र प्रयासबारे जानकारी दिनछन् ।