सेयर बजार र घरजग्गा कारोबारमा सुधार, अब पालो पूर्वाधारमा लगानीको होः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा भविष्य छैन र यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको उनको तर्क थियो । उनले भने, ‘अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।’
सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले भने, ‘घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ ।’
राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनले बताए ।













