प्रधानमन्त्री भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा चलाउने तयारी छ’
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालनमा सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा छलफल भएको बताएका छन् ।
सरकारको एक वर्ष कार्यकाल पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ठूलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल भइरहेको बताए ।












