हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष ११ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिंदैछ । यसले उक्त प्रस्ताव पारित गर्न पुष २६ गते लैनचौर ब्यांकेटमा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको छ ।












