१८ श्रावण २०८३, सोमबार

सेयर बजार अपराधीको कब्जामा रहेको छः सांसद प्रदीपकुमार यादव



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीपकुमार यादवले सेयर बजार अपराधीको कब्जामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा यादवले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गम्भीर आर्थिक अपराध गरेको आरोप लगाएका हुन्। यादवले धितोपत्र बोर्डका अध्यक्षले घाटामा जान लागेका र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको आरोप लगाए ।

उनले भने,“धितोपत्र बोर्डका अध्यक्षले अपराध गरेका छन् । उनले घाटामा जान लागेका र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएका छन् ।”