१ करोड ५ लाख घुस लिएको आरोप प्रमुख प्रशासकीय अधिकृत जेल चलान
काठमाडौँ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन । १ करोड ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका पराजुली जेल चलान भएका हुन् ।
न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार रहँदा उनले १ करोड ५ लाख रुपैयाँ घुस लिएको पाइएकाले ११ पुसमा पक्राउ परेका थिए ।













