१७ श्रावण २०८३, आइतबार

राष्ट्रिय सभामा कांग्रेसलाई १० र माओवादीलाई ६ सिटको भागबण्डा, असन्तुष्ट एकीकृत समाजवादी



काठमाडौँ । राष्ट्रिय सभामा रिक्त १९ सिटमध्ये कांग्रेसलाई १० र माओवादीलाई ६ सिट छुट्याउने गरी सत्तारुढ दलहरुले भागबण्डा टुङ्ग्याउने तयारी गरेका छन् ।

यस्तै, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी छ । तर ३ सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन् ।

नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पनि असन्तुुष्ट छन् । माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।