पाँच कम्पनीको साधारण सभा आज बस्दैं, के–के छन् एजेण्डा ?
काठमाडौँ । पाँच कम्पनीको वार्षिक साधारण सभा आज अर्थात पुष २४ गते बस्दैछ । आज तारागाउँ रिजेन्सी होटल्स, भगवती हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरले साधारण सभा बोलाएका हुन् ।
तारागाउँ रिजेन्सी र भगवती हाइड्रोपावरले लाभांश प्रस्ताव गरेका छन् भने अन्य ३ कम्पनीले गरेका छैनन् । तारागाउँ रिजेन्सी होटल्सको सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
भगवती हाइड्रोपावरको वार्षिक साधारण सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
युनिक नेपाल लघुवित्तको सभा कोहलपुर, न.पा–४, होटल सेन्ट्रल प्लाजा बाँकेमा बिहान १० बजेदेखि सुरु हुनेछ । त्रिशूली जलविद्युत कम्पनीको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । पञ्चकन्या माई हाइड्रोपावरले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । सभा कुपण्डोल ब्यांकेट, कुपण्डोलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सबैं कम्पनीहरुले सभामा आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।













