प्रभु बैंकले लाभांश नदिने
काठमाडौं । प्रभु बैंकले याो वर्ष सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । बैंकको माघ ८ गते बसेको संचालन समितिको बैठकले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गरि नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरेको छ । सो विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाश गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्ण गरेको हो












