१६ श्रावण २०८३, शनिबार

मेरो माइक्रोफाइनान्सको ११औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

लघुवित्तको संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सो साधारण सभामा संस्थाका शेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

संचालक समितिका अध्यक्ष खत्रीले १० बर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको बताए ।
त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले स्वागत मन्तव्य राखेका थिए ।

सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ ।

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।