ललिता निवास प्रकरणमा मन्त्रीले पाए सफाइ, व्यवसायी गए जेल !
काठमाडौं । भ्रष्टाचार विरुद्धको मुद्दा हेर्ने जिम्मा पाएको विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित पाँच जनालाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना सजायँ सुनाएको छ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले विहीबार साँझ पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएका छन् ।
गुरुङसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यात, पूर्व सचिव छविराज पन्तले मन्त्रिपरियदको निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै २ वर्ष कैद र ८० लाख जरिवाना सुनाएको हो। यसै मुद्दामा राम सुवेदी, शोभाकान्त ढकाललाई पनि सोही बराबरको सजायँ सुनाइएको छ।
एउटै अभियोग लागेका मन्त्रीहरू विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई भने सफाइ दिएको छ। उनीहरूले नीतिगत निर्णय गरेको भन्दै सफाइ दिएको हो। पूर्व सचिव दिनेशहरि अधिकारी र चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन्।
बिहीबार विशेष अदालतका न्यायाधीशहरू रितेन्द्र थापा, रामबहादुर थापा र खुसीप्रसाद थारूको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा चलेको भ्रष्टाचार मुद्दामाथि फैसला सुनाएको हो।













