नेपालका बैंक डुब्ने अवस्थामा छैनन्, ढल्न दिँदैनौं: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकहरुलाई ढल्न नदिने बताए । बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले नेपाली बैंकहरुलाई राष्ट्र बैंकले नियमन गरिरहेकोले पनि यस्तो अवस्था आउन नदिने बताए । नेपालका बैंकहरु सहज अवस्थामा रहेकाले नडुब्ने उनको भनाई छ । ‘नियमनकारी निकायमाथि निक्कै प्रहार भयो । राष्ट्र बैंकले बैंकहरुलाई हेरिरहेको छ, नेपालका बैंक डुब्ने अवस्थामा छैनन् । हामीले बैंक ढल्न दिँदैनौं’, उनले भने ।
उनले भने, ‘कुनै पनि एउटा बैंक बिग्रदाँ सिंगो सिष्टम नै बिग्रन्छ । । एउटा बैंक बिग्रनु भनेको स्टम नै बिग्रनु हो । बैंक फेल हुन सक्छ ।’













