आरएसडिसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले ८.६ प्रतिशत बापतको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीले ७ लाख ४७ हजार ८२८ दशमलव ६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले खरिदबिक्री गर्न सक्नेछन् ।












