११ श्रावण २०८३, सोमबार

एक बैंकको १३ लाख ५३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिएको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

बैंकको कुल १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।