१५ श्रावण २०८३, शुक्रबार

बैंकर पक्राउ प्रकरण: थप ५ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा पक्राउ परेका बैंकरहरुलाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

अदालतले पक्राउ परेका बैंकरमाथि थप अनुसन्धानका लागि पाँच हिरासतमा राख्न केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुमति दिएको हो ।

गत फागुन १५ गते मंगलबार तत्कालिन सेञ्चुरी बैंकको सिआइओ, पूर्वसिआईसहित ११ जनलाई सीआइबीले पक्राउ गरेको थियो । पहिलो ७ दिन र दोस्रो पटक ७ म्याद परे सिइआबीले अनुसन्धान गरिरहेको छ । मंगलबार फेरि तेस्रो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।