कलाकार प्रोत्साहनमा उपमा सञ्चार: १५४ जनालाई दियो यो वर्षको ‘मौलिक गण्डकी स्टार राष्ट्रिय सङ्गीत अवार्ड’
काठमाडौं । उपमा सञ्चार प्रा.लिले पर्यटकीय राजधानी पोखरामा मौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्ड २०८० प्रदान गरेको छ ।
उपमा सञ्चारले मौलिक गण्डकी स्टार राष्ट्रिय सङ्गीत अवार्ड तथा मौलिक राष्ट्रिय दशक गायक तथा दशक पत्रकार सम्मान कार्यक्रम २०८० सम्पन्न गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री संसदिय मामिला मन्त्रालय पदम गिरिद्वारा झन्डै दुई दर्जन बिधाका डेढ सय बढी कलाकारहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा मन्त्री गिरीले कला र संस्कृतिको संरक्षण र समाज रुपान्तरणमा कलाकारको ठुलो भूमिका हुने बताए । उनले माया पिरतीका बाहेक पनि समाज परिवर्तनका लागि पनि कलाकारहरुले गित गाउनुपर्नेमा जोड दिए । उनले भने,‘कलाकारहरुमा त्यस्तो सस्कार हुन्छ, जुन जो कोहिमा पाउन सकिँदैन । कलाकार देशका गहना मात्रै नभएर बिशेष अंग हुन ।’

कलाकारहरुलाई राज्यले संरक्षण गर्नु पर्ने मन्त्री गिरीको भनाई थियो । दशक सम्मान तथा अवार्ड कार्यक्रमहरु अग्रजलाई सम्मान र नव कलाकारलाई हौसला र उर्जा थपिने हुँदा निरन्तर गर्नुपर्ने उनले बताए । कलाकारहरुको सम्मानका लागि आयोजना गरिएको अवार्ड कार्यक्रमको प्रशंसा गर्दै अवार्ड प्राप्त गर्ने कलाकर्मीहरुलाई बधाई समेत दिए । उनले भने,‘ अग्रजको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहनका लागि यस्ता कार्यक्रमहरु निरन्तर गरिनु आवश्यक छ । कार्यक्रम गर्ने आयोजक सस्था र सस्थाका अध्यक्ष गण्डकी प्रदेश आशा गौतम लगायतलाई धन्यवाद दिन चाहान्छु, साथै आगामी दिनहरुमा अझै यस्तै अभियान का लागि शुभकामना पनि ।’

कार्यक्रममा दशक गायक/सर्जक/सङ्गितकार सम्मानित तर्फ प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जय कुमार परियार, काजि बाबू अर्याल, धन कुमारी थापा, शिला आले, सीता केसी, सरस्वती लामिछाने सरु, तारानाथ आचार्य रहेका छन् ।
यस्तै, कार्यक्रममा मगर चलचित्र नायक रमेश बाबू थापा, जुरि निर्णायक तर्फ बरिस्ठ गायक इन्द्र जि.सि, दावा तामाङ, बिन्दु थापा, वरिष्ठ पत्रकार बेलुकाजी थापा, सुवास पौडेल, गौरव त्रिपाठी, सन्तोष बि.क, कबिराज ढकाल, अनुज अधिकारी, मधु कट्टेल, दिपेन्द्र थापालाई दशक गायक÷सर्जक तथा संगितकार सम्मान प्रदान गरिएको छ ।

यता, कला सम्मानतर्फ भने रितिका थपलिया, अभि शुनार, गणेश भट्ट, निराश तामाङ, कार्यक्रमका ब्यबस्थापक सन्तोष शर्मा, हरिराम परियार, लगायत विभिन्न कलाकार रहेका छन् ।

उपमाले यो वर्ष राष्ट्रिय भावनाका गित, लोक भजन, लोक दोहोरी गित, एकल लोक गित, चार्ड पर्व गित, कौडा, सालैजो, रत्यौली, मौलिक गित, आधुनिक गित, लोक पप, प्रत्यक्ष दोहोरी गित, प्रत्योगी कलाकार, स्टेज प्रफमर, टेलिसिरियल, भाषाभाषी, जनचेतनामूलक फिल्म अन्य विधाबाट गरि १५४ जना कलाकारहरुलाई अवार्ड प्रदान गरिएको संस्थाकी अध्यक्ष आशा गौतमले बताइन् । अग्रजलाई सम्मान र नव कलाकारहरुलाई प्रोत्साहन गर्नका लागि नै संस्थाले वर्षेनी यस्ता कार्यक्रमहरु गर्दै आएको अध्यक्ष गौतमको भनाई छ ।

उपामा प्रालिले कलाकर्मी र सञ्चारकर्मीहरुका हक र हित र संरक्षणका लागि निरन्तर काम गर्दै आएको छ । यस्तो कार्यक्रम आगामी दिनमा पनि गर्ने अध्यक्ष गौतमले बताइन् । नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्व रहेको उनको भनाई छ ।
उनले भनिन्, ‘हाम्रो उद्देश्य भनेको मौलिक संस्कृतिलाई जोगाउँने र अग्रज कलाकारलाई सम्मान र नव प्रतिभावान व्यक्तिलाई प्रोत्साहन गर्नु नै हो । हामी यस्तो अभियान देशव्यापी रुपमा अघि बढाउँदै लैजानेछौं ।’














