बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा अनियमितता प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बालमन्दिरकी तत्कालिन अध्यक्ष रीता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरको हो ।

जग्गा विवादमा पूर्वपदाधिकारीहरू गणेशभक्त श्रेष्ठ, तुलसीनारायण सिंह, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, योगेन्द्रबहादुर शाही, प्रचण्डराज प्रधान, गोपाल श्रेष्ठ, रामकाजी कोने, दिपकदास श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी भएको हो । यस्तै, चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


प्रतिक्रिया दिनुहोस्