निश्चित रकमभन्दा बढी पुँजी भएको कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकृत हुनुपर्ने
काठमाडौं । निश्चित रकमभन्दा बढी पुँजी भएको कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा सूचिकृत हुनुपर्ने व्यवस्था गरिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
पुँजीबजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने उनले बताए ।
नेपाल स्टक एक्सचेन्ज र सिडीएस एंड क्लियरिङ हाउसको संरचनागत सुधार गरीने भएको छ ।













