१२ श्रावण २०८३, मंगलबार

हिमालयन बैंकको ५० लाख ९१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले ५० लाख ९१ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर बैंकका हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।

तोकिएको समयमा खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।