तत्कालिन सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जनालाई हाजिरी जमानीमा छोड्न आदेश
काठमाडौं । तत्कालिन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई उच्च अदालत पाटनले हाजिरी जमानीमा छोड्न आदेश दिएको छ। श्रेष्ठसहित ८ जनालाई हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालतले अस्वीकार गरेको हो ।
बैंकिङ्ग कसूर (कर्जा अपचलन गरेको ) आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी) ले सेञ्चुरी बैंकका तत्कालिन अध्यक्ष श्रेष्ठ, संचालकहरु सुनिल कुमार न्यौपाने, रमेश कुमार निरौला, गीतभक्त प्रधान, राजेश कुमारी दली, उमा कुमारी श्रेष्ठ र शिव रिसालाई पक्राउ गरेको थियो ।
कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत सोमबार सिआइबीले उनीलाई पक्राउ गरेको हो । बुधवार उच्च अदालतले म्याद थप गर्न अस्वीकार गरि हाजिरी जमानीमा छोड्न आदेश दिएको छ ।













