आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ ।













