मैलुङ खोला जलविद्युतको साढे २९ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुँदै
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि आगामी साउन २६ गते समाप्त हुने भएको छ । कम्पनीको साढे २९ लाख कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ३ लाख ६८ हजार १४४ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको १४ हजार ७२६ कित्ता गरी कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीले विस २०७४ जेठ १७ गतेदेखि जेठ ३१ गतेसम्म स्थानिय बासिन्दाका लागि र २०७८ साउन १४ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत)का लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ २०७८ साउन २६ गते बाँडफाँट गरिएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाट गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेर बाँडफाँड गरेको ३ वर्ष आगामी साउन २६ गते समाप्त हुन लागेकाले उक्त अवधिभर लक इनमा रहेको,स्थानिय बासिन्दाका लागि जारी गरिएको,संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि साउनमा सकिन लागेको जनाएको हो ।













