प्रभु महालक्ष्मी लाइफका दुई संस्थापकको सेयर बिक्रीमा, कसले कति कित्ता बेच्दैछन् ?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले दुई संस्थापक सेयरधनीको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।
कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता र शान्ति प्रधान श्रेष्ठको नाममा रहेको १० हजार ९८० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । तर, बिक्री मूल्य भने उल्लेख गरिएको छैन । सेयर खरिदका लागि इच्छुक संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति (असार २१ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा पेश गर्नुपर्ने छ ।
तोकिएको उक्त अवधिमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा भने कानुन बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।













