११ श्रावण २०८३, सोमबार

मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार भोलि (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको हो ।

गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्र चलायमान हुने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारीमा छन् । उनले मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति आउने बताइरहेका छन् ।

गभर्नर अधिकारीको अन्तिम कार्यकाल भएकोले पनि मौद्रिक नीति लचिलो ल्याउने आकलन अधिकांशको छ । बैंकिङ क्षेत्रलाई हालको चुनौतीसँग सामना गर्नसक्ने गरी मौद्रिक नीति ल्याउने तयारीमा उनी छन् ।