साउन २४ गतेबाट हकप्रद सेयर निष्काशन गर्दै हिमालय उर्जा
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ९९ करोड रुपैयाँ बराबरको १:१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।
उक्त हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ १२ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको थियो। त्यसैले,असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्।













